रिबन

मन्त्रीहरुलाइ धमाधम कोभिड संक्रमण,मन्त्रीपरिषद वैठक अनिश्चित

मन्त्रीहरुलाइ नै कोरोना संक्रमण भएपछि मन्त्रिपरिषदको नियमित बैठक प्रभावित भएको छ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको हो । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत सोमबार पनि बैठक बस्न सकेको थिएन । भान्से र अंगरक्षक सदस्यमा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा समेत कन्ट्रयाक ट्रेसिङमा पर्नुभएको छ । उहाँ आइसोलेसनमा हुनुहुन्छ । उहाँको आज पीसीआर गर्न लागेको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *