काठमाण्डौं । कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको छ। त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइको छ।
एक साता यता देशभरी नै कोरोना संक्रमण दर बढेको छ । सरकारले समेत २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ । शैक्षिक संस्था बन्द भएका छन् ।




