काठमाण्डौं । राष्ट्रनिर्माता भन्दै राष्ट्रपति विधादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरेकी छिन । गणतन्त्र स्थापनापछि राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा पहिलो पटक माल्र्यापण गरेकी हुन । सिहदरवारको मुल गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा ३सयौं जन्म जयन्तीको अवसरमा राष्ट्रपतिले श्रद्धा अर्पण गरेकी हुन ।
यहि कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले पनि पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गरेका छन ।




