काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्व भोलि चयन हुने भएको छ ।
आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव पारित भएपछि भोलि नेतृत्व चयन हुने भएको हो । प्रतिवेदन पारित भएपनि विधान मस्यौदा भने पारित भएको छैन । विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजे फेरी बन्दसत्र शुरु हुनेछ ।
विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।




