रिबन

कांग्रेस नेताहरूले वाेके ‘गाजा’काे झाेला

काठमाण्डाैं । नेपाली कांग्रेसकाे महाधिवेशनमा उम्मेदवारहरूकाे मात्र हाेइन महाधिवेशन प्रतिनिधले वाेकेकाे झाेलाकाे समेत चर्चा हुन थालेकाे छ। भृकुटी मण्डपमा भएकाे महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिले वाेकेकाे झाेला अन्य झाेला जस्ताे सामान्य नभएर अलि विशिष्ट प्रकारकाे भएकाेले यसवारेमा चर्चा भएकाे हाे ।

महाधिवेशन प्रतिनिधिले वाेकेकाे झाेला गाजाकाे बाेटकाे रेसाबाट वनेकाे खुलेकाे छ।झाेलाकाे अग्रभागमा नै अग्रेजीमा हेम्प भनेर लेखिएकाे छ।र,यसमा कुनै विरूवाकाे पात समेत राखिएकाेछ।हेम्प भनेकाे नेपालमा लागु अैाषध भनेर प्रतिवन्ध लगाइएकाे गाजा हाे।तर,सत्तारूढ दल,देशकै सवैभन्दा पुरानाे दलले महाधिवेशनमा वाेकेकाे झाेला नै गाजाकाे वाेटकाे भएपछि नयाँ वहश सुरू भएकाेछ।

केही समय यता नेपालमा गाजालाइ वैधानिकता दिनुपर्छ भनेर वहश चलिरहेकाेछ। यसमा अैाषधियगुण वढी छ भन्दै यसमाथि लागेकाे प्रतिवन्ध फुकुवाकाे चर्चा चलेकाे छ।तर,सरकारले यसवारेमा केही वाेलेकाेछैन तर वर्तमान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाकाे पार्टीले नै गाजाकाे वाेटकाे प्रयाेग गरेपछि अब त केही हाेला कि भन्ने खासखुस चल्न थालेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *