रिबन

राजनीतिबाटै अलग हुने रामचन्द्र पौडेलको संकेत

काठमाडौँ ।नेपाली कांग्रेसको महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकिरहेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट अलग हुने संकेत देखाएका छन् ।

कांग्रेस स्रोतका अनुसार पौडेल आफ्नो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुने तयारीमा थिए । पौडेलको नाममा सहमति जुट्न नसकिरहेको बेला पौडेलले मनोनयन दर्ता नगराउने, मतदान गर्न पनि नजाने र आजै एक विज्ञप्ति जारी गर्दैै महाधिवेशनबाट अलग हुने जनाएका छन् ।

संस्थापन पक्षबाट सभापतिको उम्मेदवार शेरबहादुर देउवा र उनकै गुटका विमलेन्द्र निधिले उम्मेदावरी दिने तय छ । यता संस्थापन इतर समूहले यसअघि नै पत्रकार सम्मेलनमार्फत सभापतिको साझा उम्मेदवार अगाडि सार्ने बताएको थियो ।

पौडेलको नाममा महामन्त्री डा. शशांक कोइराला, नेता शेखर कोइरालसमेतले सहमति जनाइ सक्दा पनि प्रकाशमान सिंहले दावी नछाडेपछि यो समूहको रस्साकस्सी बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *