काठमाण्डौं । सहमतिको लागि रामचन्द्र पौडेलको निवास वोहराटारमा अनौपचारिक वैठक वस्नु अघि प्रकाशमान सिहले आफनो निजि सम्पर्क कार्यालय खोले । महाधिवेशन लक्षित सम्पर्क कार्यालयमा उनले सभापति जित्ने योजना वुन्ने छन । दाया र वाया काठमाण्डौं र ललितपुरका जिल्ला सभापति राखेर उनले अव पछि हटदिन भने । उनको यो भनाइले प्रकाशमान सिह यसपटक महाधिवेशनको लागि कटिवद्ध रहेको वुझन सकिन्छ ।
यहि वेलामा सभापतिका अर्का दावेदार डा.शेखर कोइरालाले पनि यस्तै अडान राखेका छन । उनले पनि रामचन्द्र पौडेललाइ मनाउने दावी गरेका छन । वोहराटारमा अनौपचारिक रुपमा चार जना नेता वसेर सभापतिको एउटा उम्मेदवार छान्ने धेरै पहिले देखिको पौडेलको समुहको दावी यतिञ्जेलसम्म पुरा भएको छैन । वरु सहमतिको लागि वार्ताको टेवलमा वस्नु अघि हरेक उम्मेदवार यसपटक म पछि हटदिन भनेर ढोका भित्र पसेका छन । पौडेल समुहका हरेक नेताको चाहना सहमति गरौं भन्ने छ तर यो वाक्य भित्र लुकेको सत्य के हो भने सभापतिका वाँकी उम्मेदवारले मलाइ छाडुन भन्ने । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला वाहेक कोही पनि पछि हटन तयार छैन । सुजाता पनि एकल उम्मेदवार भए छाडने तर आफु यतिकै पछि नहटने तयारीमा छन ।
पौडेल समुह भनेर चिनिएको स्वयम रामचन्द्र पौडेलको अवस्था नै विचित्रको छ । उनी यो समुका नेता हुन तर उनलाइ आफनै समुहले नेता मानेको छैन । र,यहि समुका नेता डा.शेखर र प्रकाशमानले खुलेर पौडेललाइ छाडन नसकिने वताइसकेका छन । यता,पौडेल भने सभापति उठने र जिते लगत्तै सभापति छाडने कवुल गर्न तयार छन । जित्ने वित्तिकै पद छाडने हो भने उठन किन परयो ? यो स्वभाविक प्रश्न वृद्ध पौडेललाइ अहिले गर्न थालिएको छ । हालै भएको ६ वटा प्रदेश अधिवेशनको परिणामले सभापति शेरवहादुर देउवा पुलकित छन । वरिष्ठ नेता पौडेल पनि खुशी नै छन किनभने उनले गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा राम्रो नतिजा निकालेका छन ।तर,प्रदेश १ र प्रदेश ३ को अवस्था नाजुक रहयो । प्रदेश १को हारको दोष डा.शेखर कोइराला माथि लागेको मात्र छैन,उनी कमजोर भएको आंकलन पनि यहि घटनाबाट गर्न थालिएको छ । यता,वागमती प्रदेश हारेपछि प्रकाशमान,गगन थापाको हैसियत पनि सोचे जस्तो रहेन भनेर भन्न थालिएको छ । सहमतिको लागि हलमा पस्दै गर्दा हरेक नेतामाथि यी प्रश्न तेर्सिएका छन । तर,हरेकको कमजोरी औंल्याउँदै आफु नै अब्बल रहेको परिभाषित गर्ने र आफु नै सभापतिको उम्मेदवार हुनुपर्ने दावीले भने पौडेल समुहमा सहमतिको सम्भावना न्युन वन्दै गइरहेको छ ।




