चितवन । चितवनमा जारी दशौं महाधिवेशनको मतदानका लागि तयार गरिएको उमेदवारको सूचीमा त्रुटि देखिएको छ । नेकपा एमालेका नेता भीम रावलका अनुसार उम्मेदवारको नामावलीमा त्रुटि रहेको छ ।
पदाधिकारीमा उम्मेदवार दिएका नेताहरुको उमेदवारी सदस्यमा पनि स्वत रहेको देखिएको छ । अध्यक्षका उम्मेदवार भीम रावलले भने, “म अध्यक्षको उमेदवार हुँ । तर, मैले दसस्यमा पनि उमेदवारी दिएको उमेदवारको सूचीमा छ । यो गलत हो ।”
सदस्यता नवीकरण, वितरण र प्रतिनिधि चयनमा व्यापकरुपमा गलत काम भएको उनको आरोप छ । यद्यपि, आफूले मतपरिणामलाई सहज रुपमा लिने उनले बताए ।




