काठमाण्डाैं । नेकपा एमालेकाे दशाैं महाधिवेशन अन्तत चुनावी प्रक्रियाबाट नै नेता छान्ने तहमा पुगेका छन।पार्टी अध्यक्ष केपी अेालीले सर्वसम्म नेता चयन गर्ने भनेर १९जनाकाे नाम सार्वजनकि गरेपछि भीम रावलले नमानेपछि अन्तत चुनाव नै हुनेभएकाेछ।विहान ९ बजेदेखि उम्मेदवारी दर्ता गर्ने समय ताेकिएपछि भीम रावल स्वयम अध्यक्षमा उम्मेदवारी दिएका छन।यसपछि घनश्याम भुषालले उपाध्यक्ष पदमा र भीम अाचार्यले सचिव पदमा उम्मेदवारी दिएका छन।
निर्वाचन समितिले मतदान भने वेलुकी ९ बजेकाे लागि तय गरेकाे छ।याे प्रक्रिया राती तिन बजेसम्म हुनेछ।उम्मेदवारी दर्ताकाे अन्तिम नामावली सार्वजनिक गरेपछि मतदानकाे लागि काम अघि वढनेछ।
भीम रावलले नमानेपछि अेालीले यसअघि जारी गरेकाे कार्यसमिति यतिकै हावामा विलिन भएकाे छ।




