रिबन

घनश्याम भुषालकाे छलाङ-उपाध्यक्षमा उठने !

काठमाण्डाैं । नेकपा एमालेमा वैचारिक नेता भनेर प्रचार गरिएका घनश्याम भुषालले उपाध्यक्षमा उठने घाेषणा गरेका छन।शुक्रवार चितवन पुगेर उनले यस्ताे घाेषणा गरेका हुन।

नवाैं महाधिवेशनमा माधव नेपालकाे प्यानलबाट उपमहासचिव उठेर जितेका भुषालले यसपटक फेरि सेरेमाेनियल पद राेजेका छन।उनकाे उपमहासचिव पद पनि सेरेमाेनियल थियाे भने उपाध्यक्ष पद पनि सेरेमाेनियल पद हाे।उनीसंगै उप-महासचिव भएका विष्णु पाैडेलले महासचिवमा दावी गरिरहदा उनले भने उपमहासचिवबाट आकर्षणहिन पद उपाध्यक्षमा दावी गरेका छन।

उनीहरूसंगै माधव नेपालकाे साथ छाडेर एमालेमै फर्केका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिदा समेत चुँ समेत नवाेलेका भुषालले अन्तत हारिन्छ भन्ने डरेले उपाध्यक्ष पद राेजेका छन। उनले उपाध्यक्ष पद राेजेपनि याे पदमा यसकारण दमदार छैन कि अहिले विधानले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिसकेकाे छ।भुषालले उपाध्यक्ष लडने भनिरहदा याेगेशले पनि सचिवमा नै पुन उठने वताएका छन।उनी पनि स्थान सुरक्षित गर्ने धुनमा मात्र देखिएका छन।यसरी एमालेका दस भाइ मध्ये रावलले रिस्क लिएका छन भने वाँकी सवै सिट सुरक्षति गर्ने दिशातिर लागेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *