समाचार

शेखर र प्रकाशमानका भित्रिया नै चुनाव हारेपछि

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका लागि भएका निर्वाचनका परिणाम आइरहेको छ । जिल्ला र क्षेत्रका लागि भएको यो निर्वाचनका अनौठा परिणामहरु आइरहेका पनि पाइएको छ । 

यसैक्रममा नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापतिका दाबेदार डा शेखर कोइरालाका प्रमुख प्रचारक तथा भित्रियाले नै निर्वाचन हारेका छन् । यसले शेखरलाई पहिलो गाँसमै ढुंगा लागेको बताएका उनको समूहकै मानिसहरु बताउन थालेका छन् । 

आफूलाई नेपाली कांग्रेसको राजनीतिको विश्लेषक भन्ने गरेका र सधैँ पार्टी सभापति शेरबहादुर देउवाको मात्र विरोध गर्ने गरेका कोइराला परिवारका भित्रिया पुरञ्जन आचार्य केन्द्रीय प्रतिनिधि निर्वाचनमा नराम्ररी हारेका छन् ।

आचार्य पछिल्लो समय शेखरको सचिवालयमा प्रचार प्रमुखका रूपमा खटिएका थिए । शेखरलाई सभापति बनाउन खटिएका आचार्य आफैँले लज्जास्पद मत पाएका छन् । आचार्यले कांग्रेसको विश्लेषण गर्दा जहिले पनि देउवाकै विरोध र आलोचना मात्रै गर्ने गर्छन् । 

तिनै आचार्य मोरङ क्षेत्र नम्वर २ बाट महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका छन् । आफ्ना प्रमुख प्रचारकका साथै कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा अरु पनि कोइराला परिवारका भित्रियाहरु पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।

यता काठमाडौँमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछाने पनि महाधिवेशन प्रतिनिधिमा नराम्रोसँग पराजित भएका छन् । नेवि संघका पूर्वप्रवक्ता समेत रहेका लामिछानेलाई काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले पराजित गरेको हो ।

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कार्कीले सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समूहबाट उम्मेदवारी दिँदै छन् ।

५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । क्षेत्र नं. २ मा देउवा समूहले २२ जना महाधिवेशन प्रतिनिधि जितेको छ । प्रकाशमान सिंह समूहले प्रतिमा गौतम, दीपक कुइँकलसहित जम्मा ४ जना महाधिवेशन प्रतिनिधि जितेका छन् ।

कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंहका आफ्नै (पीए) लामछिाने महाविधेशन प्रतिनिधिमा नराम्रोसँग पराजित भएका छन् ।

त्यसो त शेखर कोइराल पनि देउवाका कट्टर विरोधी हुन् । उनले जुनसुकै सार्वजनिक स्थलमा पनि आफ्नै सभापति शेरबहादुर देउवाको विरोध कम्युनिष्टको भन्दा चर्को रुपमा गर्ने गर्दछन् । तर पछिल्लो समयमा उनका भित्रिया आचार्य मात्र नभएर मोरङका उनका आफ्ना अरु धेरै सहयोगीहरुले हार व्यहोरेपछि उनलाई ठूलो धक्का लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *