रिबन

सरकारकाे निगरानी गर्न रामचन्द्र पाैडेलकाे नेतृत्वमा ११ सदस्यीय सयन्त्र गठन

काठमाण्डाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा ११ सदस्यीय राजनीतिक सयन्त्र गठन भएकाे छ।सत्ता गठवन्धनकाे साेमवार वसेकाे वैठकले पाैडेलकाे नेतृत्वमा वनेकाे सयन्त्रले सरकारकाे काम कारवाहि प्रभावकारी वनाउन भुमिका खेल्नेछ।याे कार्यदलकाे नेतृत्व पाैडेलले २ महिना गर्नेछन।

पाच दलिय गठवन्धनमा हरेक दलबाट दुइ जना सदस्य रहेका छन।तर प्रधानमन्त्री शेरवहादुर देउवा सयन्त्रकाे सदस्य नभएपनि उनलाइ वैठकमा निमन्त्रणा गरिने भएकाे छ।

कांग्रेसकाे तर्फबाट याे सयन्त्रमा पाैडेलकाे साथै कृष्णप्रसाद सिटाैला,माअेावादीबाट पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ,नेकपा एकिकृत समाजवादीबाट माधव नेपाल,जसपाबाट उपेन्द्र यादव र राजमाेबाट चित्रवहादुर केसी रहनेछन। हरेक दलले पालैपाले सयन्त्रकाे नेतृत्व गर्नेछन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *