काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेससँग भएको पूर्वसहमतिअनुसार शाहीले राजीनामा दिएका हुन् । अब नेपाली कांग्रेस कर्णाली प्रदेशसभाका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । २०७४ सालमा भएको निर्वाचनपछि मुख्यमन्त्री बनेका शाहीले ३ वर्ष ८ महिना सरकार चलाएका छन् ।
अब कांग्रेस नेतृत्वको सरकार गठन गर्ने तयारी भएको कांग्रेस नेता जीवनबहादुर शाहीले जानकारी दिए । उनले गठबन्धनमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने समेत बताएका छन् ।




