संसद

संसदकाे नवाैं अधिवेशन : १२ दिनमा १३ वैठक, नारा लगाएवापत सांसदलाई दशैं र सवारी भत्ता !

काठमाण्डाैं।सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गरेपछि वसेकाे संसदकाे नवाैं अधिवेशन वडा अनाैठाे प्रकारकाे भएकाे छ। अघिल्लाे पटक अचानक संसद राेकेर अध्यादेश ल्याएर दल विभाजन भएकाे थियाे। गएरातीबाट याे संसदकाे अधिवेशन अन्त्य भएकाे छ तर नारा जुलुसबाट भदाै २३ गते सुरू भएकाे अधिवेशन कार्तिक ११ गते मध्यरात १२ बजे अन्त्य हुदा पनि नारा जुलुस नै थियाे। संसदमा माधव नेपाल सहितका १४ जना सांसदलाई किन कारवाही नगरिएकाे भन्ने एमालेकाे प्रश्नले संसदकाे सुरू र अन्त्य तनावबाट नै भयाे।

कि माधव समुहलाई कारवाही गर नत्र सभामुखले राजीनामा देउ भन्ने एमालेकाे एक सुत्रीय माग थियाे,जुन पुरा नहुदा संसद विलखवन्दमा परयाे।

यसका वावजुद पनि संसद कुल ५१ दिन चालु रहयाे।यसमध्ये १२ दिनमा १३ वैठक वस्याे।र,कुल ५ घण्टा ४० मिनेटसम्म संसदकाे काम भयाे।नाराकै विच पनि के काम भयाे त ? संसद सचिवालयले जारी गरेकेा संसदकाे नवाैं अधिवेशनकाे विवरणमा बजेट पास देखि राजनीतिक दलसम्वन्धी अध्यादेश पेश भएकाे सम्मकाे कुरा उल्लेख गरिएकाे छ।

यसदेखि वाहेक संसदले कुनै गति लिन सकेन।

तर,नारा जुलुस भएपनि सांसदकाे लागि भने याे घाटाकाे वैठक भएन।देश हितमा काम गर्न उनीहरूले नसकेपनि उनीहरूकाे लागि नाफामुलक रहयाे।यहि सदनले वजेट पास गरयाे भने दशैंमा तलब नै खान नपाउने हाे कि भन्ने अवस्था रहेन।

र,महत्वपूर्ण कुरा के रहयाे भने हरेक बैठकमा नारा लागिरहयाे तर सांसदकाे हरेक वैठकमा भाग लिए वापत एक हजार रूपैया र गाडी भाडा वापत एक हजार रूपैयाँ गरि कुल २ हजार रूपैयाँ भत्ता भने दिइयाे। यति मात्र हाेइन,नारा लगाएका र याे संसद नै चाहिदैन भनेका सांसदले समेत दशैं भत्ता समेत लिएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *