रिबन

बिहिबारका मुख्य समाचार : सडकबाट मागेर राजीनामा नदिने प्रधानन्यायाधीशको स्पष्टोक्ती, कांग्रेसको महाधिवेशन मंसीर २४ देखि २६ गतेसम्म हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि अबस्थामा राजीनामा नदिने बताएका छन् । राजीनामा दिन चौतर्फी दबाब बढेका बेला संविधानअनुसार महाअभियोगको सामना गर्ने तर सडकबाट राजीनामा मागेर नदिने स्पष्ट पारेका हुन् । उनले शुक्रबारदेखि इजलाश बस्ने विश्वास रहेको समेत बताएका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरुको दुरी बढेका बेला नेकपा एमालेले सडकबाट प्रधत्रानन्यायाधीश हटाउने विषय गलत रहेको निष्कर्ष निकालेको छ । स्थायी कमिटि बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने संवैधानिक व्यवस्था रहेको भन्दै सडकबाट राजीनामा माग्नु गलत रहेको एमालेको धारणा रहेको बताएका हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसीर २४ गतेदेखि हुने भएको छ । यसअघि मंसीर ९ गतेदेखि १२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले मिति हेरफेर गर्दै मंसीर २४ गतेदेखि गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको महाधिवेशनमा १ हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि कायम हुने भएको छ । बिहिबार बसेको एमाले स्थायी कमिटिको बैठक महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनेको संख्या टुंगो लगाएको हो ।

राप्रपाको महाधिवेशन मंसीर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले समेत मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेका बेला राप्रपाले समेत मंसीरमै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *