काठमाडौँ । सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पुर्वसन्ध्यामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तीन देशको राजदुत सिफारिश गरेको हो ।
सरकारले डा. शंकर शर्मालाई भारतको, श्रीधर खत्रीलाई अमेरिकाको र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूतमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
सरकारले केहि साताअघि अमेरिका, भारत र बेलायतको राजदुतलाई फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा. युवराज खतिवडा, भारतमा निलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदुत थिए ।




