काठमाण्डाैं । प्रमुख राजनीतिक दलहरूलाइ महाधिवेशनले छपक्कै छुन थालेकाे छ। नेपाली कांग्रेस र एमालेले मंसिरमा महाधिवेशन गर्ने मिति तय गरेकाे बेलामा माओवादीले पनि राष्ट्रिय सम्मेलनकाे मिति तय गरेकाे छ।
आइतवार माओवादीले पुषकाे ११ देखि १३ गतेसम्म राष्ट्रियसम्मेलन गर्ने भनेर मिति तय गरेकाे छ। २०६८ सालमा हेटाैंडामा महाधिवेशन गरेपछि अहिलेसम्म कुनै महाधिवेशन नै नगरेकाे माओवादीले यसपटक राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । यसैलाइ महाधिवशेनमा परिणत गर्ने कि नगर्ने भन्न चाहि उसले अझै तय गरिसकेकाे छैन।




