रिबन

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रीमण्डल यस्तो बन्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ।

यस्तै रामकुमारी झाँक्री शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। देउवाले नयाँ मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ खुवाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *