काठमाण्डौं । नेकपा एमाले छाडेर माधव नेपालको पार्टीमा प्रवेश गरेका मेटमणि चौधरीको चर्चा पर्यटन मन्त्री वन्ने भनेर खुव भयो तर जब मन्त्री वनाउन पार्टीले नाम फाइनल गरयो तब उनको नाम थिएन । धेरै मानिसले यो अन्याय हो भन्दै आलोचन गरेका थिए । तर,मन्त्रालय नै तोकेर मन्त्रीको तयारीमा लागेका चौधरीले पद नपाएपछि पनि शानदार अभिब्यक्ति दिएका छन । उनले सामाजिक सञ्जालमा नै लेखेर मन्त्री पद गौण भएको उल्लेख गरेका छन । मन्त्री पद नपाउँदा पार्टी छाडछु, आत्महत्या गर्छु भनेर नेतृत्वलाइ धम्की दिने चलन वढिरहेको वेलामा नेता चौधरीले भने यो सामान्य कुरा भएको अभिब्यक्ति दिएर आफुलाइ अब्वल सावित गरेका छन । उनले लेखेका छन–सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहिँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो ।पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन ।




