रिबन

अब एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने

काठमाडौं । नेकपा एमालको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ ।गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन् ।

१५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उनले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताए ।

उनका अनुसार अध्यक्ष एकजना, वरिष्ठसहित पाँचजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव एकजना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *