काठमाण्डाैं।नेकपा विवाद हुदा र केपी अेालीले सदन विघटन गर्दा कविता लेखेर चर्चा कमाएका भीम रावलले शुक्रवार फेरि कविता लेखेका छन।उनकाे दल नेकपा एमालेले उपाध्यक्ष भएपनि अध्यक्षमण्डलमा नराखेका रावलले कविता मार्फत विद्राेहकाे संकेत दिएका छन।
६ हजार भन्दा प्रतिनिधि भेला भएर विधान महाधिवेशन गरेकै दिन उनले कविता मार्फत ‘भरिभराउ हल खाली लाग्छ किन ?’ उनले यसाे भेनर माधव नेपालहरू नभएकाे कुरा प्रति संकेत गरेका छन।
लामाे कविता लेखेका रावलले एक वाक्य भने विद्राेहकाे लेखेका छन-हाेस गर जहाजी हाे ज्वारहरू अाउलान कतै ! उनले यसाे भनेर विद्राेहकाे संकेत गरेका छन।शुक्रवार नै सुरू भएकाे विधान महाधिवेशनमा अध्यक्ष मण्डलमा नपरेपछि रिसाएका रावलले यस्ताे कविता लेखेका हुन।





