राजनीति

एमालेको बैठकको निष्कर्षः १० बुँदे सहमतिबारे छलफल गर्न स्थायी कमिटी बोलाइयो

काठमाण्डौं।  नेकपा एमालेको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।गत शुक्रवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज सकिएको हो ।

आज भएको बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्ताबेजमा छलफल भएको पार्टीका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले छलफलका क्रममा उठेका प्रश्नहरूको नेताहरूले जवाफ दिएको बताएका हुन् ।

बैठकमा गत असार २७ गते तयार परिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए ।

यससँगै १० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्न सोमबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको ज्ञवालीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *