काठमाण्डौं । नयाँ सरकार वनेको दुई महिना पुग्न लाग्यो । यसबिचमा प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लो पटक सरकार प्रमुख हुँदा भन्दा केही सच्चिएको थुप्रै्र प्रमाण देखिएको छ । काम बिग्रन्छ भन्ने भयले सताइएका प्रधानमन्त्री देउवा बरु ढिला होस तर काम नविग्रोस भन्ने कुरामा सचेत भएको पाइएको छ । राजनीतिक जीवनकै उत्तरार्धमा रहेकोले यस पटक केही सुनाम होस भन्ने उनले चाहिरहेको पनि वुझन सकिन्छ ।
प्रधानमन्त्री देउवालाई यस पटक थुप्रै प्रतिकुलता छन् तर केही अनुकूलता पनि छन् । उनीबाट जनताले र पार्टीले खास ठुलो अपेक्षा गरेका छैनन् । महाधिवेशन र निर्वाचनको सँघारमा रहेको हुनाले पार्टी सभापति समेत रहेका देउवाको हर्कतले पार्टी धुलिसात नहोस् भन्ने कुरामा कांग्रेसजन सतर्क र भयभीत देखिन्छन् ।
सदाझैँ यस पटक पनि जितिसकेपछि के गर्ने भन्ने खाका काँग्रेसले बनाउन भ्याएको छैन तर कम्तीमा पार्टीले चुनाव जितोस् भन्ने चाहेको बुझिन्छ । यता आम जनताले ठुलो अपेक्षा किन पनि गरेका छैनन् भने दुई तिहाइ भएको सरकारले त केही गरेन भने यो मिलीजुली सरकारले के गर्ला र ? वा के गर्न सक्ला र ? भन्ने ठानेका छन् । कार्यभारकै हिसाबले हेर्ने हो भने पनि देउवाले दैनिक प्रशासन चलाउने र स्वच्छ चुनाव गराउने हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा यस पटक निकै फुकेर पाइला चालिरहेका छन् । सार्वजनिक मञ्चमा आफ्नै कार्यकर्तासँग रिसाए हप्काउने बाहेक उनी ठुलो विवादमा परेका छैनन् । आफ्नै श्रीमती आरजु राणा देउवाको दबाबमा परेर उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले गठबन्धनको बैठकमा गल्ती भो भनेर माफी मागेका छन् । तर,स्वयम मन्त्री श्रेष्ठले भने भ्याक्सिनलाई केन्द्रमा राखेर काम चाहिँ गरिरहेका छन् ।यसबाहेक देउवा आलोचित हुनुपरेको दुई कारणले छ ।
एक–मन्त्रीपरिषदलाइ पुर्णत दिन नसकेकोमादुई–दार्चुलामा भारतीय एसएसपीले तुइन काटेर जयसिंह धामी बेपत्ता पारेको र भारतीय हेलिकोप्टर विना अनुमति नेपाली भूमिमा उडेको ।यी दुई काण्डमा देउवा रक्षात्मक देखिएका छन् । मन्त्रीपरिषद् विस्तारमा गठबन्धनको दल नेकपा एकिकृत समाजवादीलाई पर्खिदा ढिलो भएको भन्ने तर्क अहिलेसम्म काँग्रेसले दिइरहेको छ । तर महाधिवेशनमा पुगेको कांग्रेस स्वयमले पनि कसलाइ मन्त्री बनाउने भनेर कुनै होमवर्क गरेको छ ? देउवा यस पटक कतिसम्म सतर्क छन् भने उनले माहौल बिग्रन्छ भनेर आफ्नै सचिवालय सम्म पनि बनाएका छैनन् ।
मन्त्रीपरिषद् बनाउन उनले ढिलाइ गर्नुको आफ्नै कारण पनि छदैछन । तर मुख्य कुरा दार्चुला प्रकरण हो । यो काण्डमा देउवाले यति उतर्सिएर भारतसँग वोलेको खण्डमा संघारमै रहेको महाधिवेशनमा ठुलै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । उदाहरणको रुपमा देउवा क्याम्पमा रहेका विमलेन्द्र नीधि अहिले एकाएक किन देउवाको वागी भए ? के उनी आफ्नै खुटटामा उभिएका उम्मेदवार हुन ? सम्पर्क कार्यालय खुलाउदा उनले पण्डित देखि फकिरसम्म किन ल्याए ? र,सम्पर्क कार्यालय खुलाउनु अघि उनी दुई पटक किन दिल्लिी पुगे ? राजनीतिका चतुर खेलाडी देउवाले यति कुरा नवुझने कुरै छैन ।
अर्थात उनी भारत विरुद्ध जति कडा रुपमा उभिन्छन,उनको पार्टी सत्ता र राज्यसत्ता दुवैतिरबाट खुटटा फुस्कन सक्छ । यसकारण उनी समय लिइरहेका छन् र यहिविचमा कुटनीतिक पाइला चालिरहेका छन् । भाजपाका विदेश विभाग प्रमुख नेपाल आउनु र देउवापत्नीले राखी वाँध्नुको पछाडिको धेरै कारण मध्येको यो पनि एक कारण हो ।
यसैले अब यसमा देउवा वोलेनन भने महाधिवेशन देखि आम चुनावसम्म तुइन काण्ड उठनेछ । र,यो विषयमा वमको रुपमा विस्फोट हुनेछ । यसैमा अब एमसिसि पनि थपिएर आएको छ । यसैकारण देउवा विस्तारै वालकोट निवासी केपी ओलीसंग सम्वन्ध विस्तार गर्दैछन ।




