काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ ।
सभापति शेरबहादुर देउवालाई उनकै निवासमा समितिले प्रतिवेदन बुझाएको हो । क्रियाशील सदस्यता विवाद समाधानका लागि कांग्रेसले पछिल्लोपटक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको बताइएको छ । क्रियाशिल सदस्यता विवरण सभापतिलाई बुझाएसँगै अब भदौ १८ गतेदेखि शुरु हुने भनिएको कांग्रेसको वडा अधिवेशन समेत निश्चित भएको छ ।
कांग्रेसले भदौ १८ गते वडा अधिवेशन शुरु गरेर आगामी मंसीरमा महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।




