मुख्य समाचार

नेपाल भ्रमणमा रहेका भाजपाका विदेश विभाग प्रमुखसँग प्रधानमन्त्री देउवाको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छेटवार्ता गरेका छन् ।


प्रधानमन्त्री निवासमा भएको भेटका क्रममा उनले प्रधानमन्त्री देउवालाई बधाई दिएको बताएका छन् । त्यसका साथै दुई देशका पार्टीका बिचको सम्बन्ध प्रगाढ बनाउने विषयमा समेत सहमत बनेको बताएका छन् ।

यसअघि उनी तत्कालिन नेकपाका महासचिव विष्णु पौडेलको निम्तोमा काठमार्डौ आएका थिए । यसपाली भने उनी आजै एयर इण्डियाको जहाजमार्फत काठमार्डौ आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *