रिबन

यसरी वालकोटबाट निराश भएर फर्के घनश्याम भुषाल

काठमाण्डौं । घनश्याम भुषाल र शंकर पोखरेल बीच भेट भयो । यता,माधव नेपाल भने नयाँ दल दर्ताको लागि प्रक्रिया आरम्भ गर्ने तयारीमा जुटिसकेका थिए । तर,घनश्याम भने अझै एकताको लागि पहल गरिरहेका थिए । एमाले स्रोतका अनुसार,घनश्यामले शंकरसंग लामो कुराकानी गरेर एकताको लागि पार्टी अध्यक्ष केपी ओलीलाइ मनाउन आग्रह गरे । एकताको लागि घनश्यामले दुइ अध्यक्ष राख्ने प्रस्ताव गरे । घनश्यामको यो प्रस्ताव शंकर स्वयमले पनि मानेनन । तर जब पार्टी,कम्युनिष्ट आन्दोलन बचाउन यति गर्न पर्छ भनेर आग्रह गरेपछि शंकर पोखरेल यो प्रस्ताव वोकेर वालकोटमा पुगे । उनले अध्यक्ष ओलीलाइ भेटेर घनश्यामसंग भएको प्रस्ताव सुनाए तर ओलीलो यो प्रस्ताव सुन्नेवित्तिकै हुदैन भनेर एक वाक्य मै कुरा टुंगो लगाइदिए । यसपछि यहि कुरा वोकेर आए शंकर पोखरेल । यसपछि अनेक कुरा गरेर घनश्यामले पुन शंकरलाइ मनाए । र,पुन यहि प्रस्ताव वोकेर शंकर बालकोट पुगे ।

पहिलो भेटमा कुरा सुन्नै नमानेका ओलीले दोस्रो पटक अलि नरम भएर यो कुरा म घनश्यामसंग नै गर्छु भनेर शंकरलाइ फिर्ता पठाए । यी दुइ नेताविच यस्तो कुरा भएपछि माधव नेपालले नयाँ दल गठन गर्ने अघिल्लो रात केपी ओली र घनश्याम भुषालको विचमा लामो कुराकानी भयो । र,यो भेटमा ओलीले दुइ अध्यक्ष रहने प्रस्ताव कुनै हालतमा स्विकार्न सकिन्न भन्ने जवाफ दिए । यसपछि वालकोटबाट फर्किएका घनश्यामले साथीहरुलाइ भने–वालकोटबाट म निराश भएर फर्कें ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *