शिक्षा / स्वास्थ्य

आजबाट काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खाेप लगाइदै, कहाँ-कहाँ पाइन्छ खोप ?

विश्वविद्यालयको तहको प्रवेशपत्र लिएका विद्यार्थी र ४० वर्षमाथिका नागरिकले पनि पहिलो मात्रा खोप आजदेखि खोप लगाउन पाउने

काठमाडौँ । सरकारले आज शुक्रबारदेखि काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका परीक्षार्थीहरूलाई खोप दिन लागेको हो । दुइदिनसम्म चल्ने खाप अभियानअन्तर्गत विभिन्न ९ वटा अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको हो ।


आजदेखि नै काठमाडौं उपत्यकामा विश्वविद्यालयको परिक्षा दिन प्रवेश परिक्षा लिएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ।

काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसीमा खोप लगाउन पाउनेछन ।

त्यस्तै वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, वानेश्वर, शिक्षण अस्पताल, महाराजगञ्ज, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा समेत खोप लगाउन पाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *