काठमाडौं। दल बिभाजनसम्वन्धी अध्यादेश आएसँगै नेकपा ऐमालेमा नयाँ तरंग पैदा भएको छ । लामो समयदेखि विवादको भूमरीमा फसको नेकपा ऐमाले दल बिभाजनसम्वन्धी अध्यदेश आएसँगै औपचारीक विभाजनको मोडमा पुगेको छ ।
दल बिभाजनसम्वन्धी अध्यादेश आए लगत्तै केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टी विभाजनको पक्षमा लागेको भन्दै ऐमाले नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई गर्ने निर्णय गरेको हो । ऐमालेले आजै १४ जना सांसदलाइ कारबाहीको गरिएको पत्र संसद सचिवालयमा दर्ता गरेको छ भने कारबाहीको जानकारी निर्वाचन आयोगमा समेत दिएको छ ।




