समाचार

जसपाकाे निर्णयपछि नयाँ सत्ता समिकरणका लागि तीन दलकाे पुन: बैठक बस्ने

काठमाडाैं । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक सम्पन्न भएकाे छ । जनता समाजवादी पार्टी(जसपा)को औपचारिक निर्णयपछि पुन : बैठक बस्ने गरी आज बसेकाे तीन दलकाे बैठक सम्पन्न भएकाे हाे ।

बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नयाँ सरकार निमार्णको बिषयमा जसपा पार्टीको औपचारिक बैठकले निर्णय गरेपछि छिटै तीन दलकाे बैठक बस्ने बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह बसेकाे बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी थिए । नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी थिए । जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई सहभागी थिए ।

नेपाली कांग्रेसले अघिल्लो हप्ता केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार देउवाले नयाँ सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *