रिबन

रामकुमारी झाँक्रीलाई राष्ट्रपति पुत्री उषाकिरणको प्रश्न-मेरी आमाको सारीमा प्रश्‍न उठाउने तपाईं को हो ?

मेरो ममले मलाई बोलाउनुभयो अनि भन्‍नुभयोः सबै लिडरसिपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउँछन्।

पहिलेको समयमा इन्दिरा गान्धीदेखि अन्तर्राष्ट्रिय जगतको कुरा गर्दा एंगेला मर्केलको उदाहरण दिनुभयो। आमाको मन हो( आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मल्हम लगाउन र हिम्मत दिने कोसिस गर्नुभयो।

मेरो ममको बारेमा तथानाम भन्‍न थालेको लगभग २०५२-५३ देखि नै हो। यसो गर्न सुरू गर्ने पत्रकार अहिले रिटायर्ड वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके। उनीहरूका नयाँ र ‘नियो’ अवतार अहिले छन्। म त्योबेला ११ वर्ष जति थिएँ, ममले फोनमा भन्‍नुहुँदै थियो (म किन अभियानमा ननिस्किनु) किन घरमा लुक्नु ? उनीहरुले यही चाहेर यो सब गर्दैछन्– म भाग्दिनँ।” मलाई त्यो दिनदेखि नै हिम्मत प्राप्त भयो। ममले हामीलाई आफ्नो साहस र दृढताबाट शिक्षित गर्नुभएको छ।

एक महिनाअघि मैले यही (फेसबुकमा) भनेको थिएँ– अदृश्य साइबर बुल्लीबाट अब सडकमा नारा लाउन सुरु भयो, हामीले आवाज बुलन्द नगरे यस्तो क्राइमले झन् ठूलो रूप लिन्छ। एक महिना नबित्दै त्यही भयो।

यहाँ रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्‍नेले उनलाई यो कुरा सुनाइदिनुः

१. गल्ती सेतो सारीमा होइन गल्ती दृष्टिकोणमा छ।

२. गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो। अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ (सोध्नुहोस् गएर)

३. तपाईं कम्युनिस्ट स्कुलिङको हो भने (सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने। मेरो मम एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो। तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ। हाम्रो घरमा सेतो तन्‍ना, सेतो सोफा, सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मन पर्ने खाना र अचार बनाउन छोड्नुभयो। उहाँका स–साना छोरीहरू हामीले प्रश्‍न उठाएनांै, तपाईं उहाँको सारीमा प्रश्‍न उठाउने को हो ? हामी ९–१० वर्षको बच्चाले बुझ्यौं उहाँ ट्रेजेडीसँग कोप गर्ने कोसिसमा यो सब गर्दै हुनुहुन्थ्यो। तपाईं महिला, ठूलो मान्छे भएर यति पनि बुझ्नु भएन ?

तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनु भयो। राष्ट्र प्रमुखको निधार खाली हुनुहँुदैन भन्‍ने मान्यताले गर्दा। उहाँको बूढी आमाले उहाँलाई प्रश्‍न गर्नु भएन जमरा मात्रै हातमा दिँदा। तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्‍न गर्ने को होरु ट्रेजेडी कोप गर्ने हरेकको आफ्नोआफ्नो बाटो हुन्छ, जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि भोलेन्टियरली रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदि तपाईंलाई लाग्छ, आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथि करियर महत्वाकांक्षा हो भने ठाउँ साटौं। तपाईं उहाँको सिन्दूर, पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ लिएर जानुस् ।

झाँक्रीलाई नेता मान्‍ने र सम्पर्कमा भएको व्यक्तिले यो छोरीको प्रश्‍न सुनाइदिनु।

– उषा किरणको फेसबुक पेजबाट साभार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *