राजनीति

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्कट्टेलको नेतृत्वमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दुबैलाई पौडेलले दलको जिम्मेवारीबाट हटाएका हुन् । जम्कट्टेलसहितका तीन मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *