काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बयलगाडामै रहेको आरोप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले लगाएका छन् । संसद विघटनका विरुद्धमा मंगलबार काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष दाहालले भने– ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्ष्य विरोधी भावना बुझ्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको हो ।’
ओली गणतन्त्र विरोधी थिए, आँधी हुरीले गणतन्त्र ल्यायो, मैले पनि मानिदिएँ भनेको स्मरण गर्दै अध्यक्ष दाहालले भने केपी ओली बयल गाडामै छन् । ओली गणतन्त्र, संघीयता र धर्म निरपेक्ष्य विरोधी हुन् । उनको यो चरित्र बुझ्न नसक्दा संविधानमाथि निर्मम प्रहार भयो, अध्यक्ष दाहालले भने, ‘केपी ओली कम्युनिष्ट आदर्श, मूल्य मान्यता र विचारबाट स्खलित भइसकेका छन् । उनको कम्युनिष्टप्रतिको मोह भंग भइसकेको छ ।’
‘सदन भंग भएको छैन, भंग भएको त केपी ओलीको सरकार । उनले कलंकको टीका लगाएका छन् । तुरुन्तै पश्चताप गरे मात्र नत्र उनलाई इतिहासले माफी दिने छैनन् ।‘
ओलीले भन्ने गरेको लोकतन्त्र निरंकुश रहेछ, उनी निरंकुश तानाशाह हुन्, जसले यो देशलाई भड्खालोमा हाल्न खोज्दैछन्, अध्यक्ष दाहालले भने, संविधानसभाले बनाएको संविधानमा प्रधानमन्त्रीलाई विशेष अधिकारी दिएको छैन । बरु चारवटा विकल्प दिएको छ, त्यो चारवटा विकल्पबाट पनि सरकार बनेन भने मात्र संविधान विघटन गर्ने अधिकारी प्रधानमन्त्रीलाई छ, अध्यक्ष दाहालले भने, ‘सदन भंग भएको छैन, भंग भएको त केपी ओलीको सरकार । उनले कलंकको टीका लगाएका छन् । तुरुन्तै पश्चताप गरे मात्र नत्र उनलाई इतिहासले माफी दिने छैनन् ।
झन्डै २ घन्टा मन्चमा उभिएर सम्वोधन गरेका अध्यक्ष दाहालले पार्टी विग्रहमा जाँदाको घटना सुनाएका थिए । उनले घोषणा गरेको चुनाव नहुने ठोकुवा गर्दै निर्वाचन हुन्छ भनेर भ्रममा नपर्न अन्य राजनीतिक दललाई समेत उनले आग्रह गरे ।




