शिक्षा / स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७०८ संक्रमित थपिए, ७३१ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमित थपिएका छन भने ७३१ जना संक्रमित कोरोनामुक्त भएका छन । ८ जना संक्रमितको निधन भएको छ ।

६ हजार १३५ जनाको पीसीआर परिक्षण गर्दा ७०८ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ४३८ पुरुष र २७० महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.८ प्रतिशत महिला र ६५.२ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म २ लाख ५१ हजार ३१२ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९६.८ प्रतिशत छ । मुलुकभर ६ हजार ३९६ जना सक्रिय सक्रमितमध्ये २ हजार ९५८ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ३६५ जना छन ।

गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १८४० पुगेको छ । २२८ जना आसीयुमा र ४० जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।
नेपालमा आरटी–पीसीआर विधिबाट १९ लाख २१ हजार ३६७ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडाै‌ जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला महोत्तरी,सर्लाही, सिराहा,मुगु र रुकुम पश्चिम छन ।

उपत्यकामा कति संक्रमित थपिए ?


मंगलवार काठमाडौं उपत्यकामा ३२४ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये १५६ जना महिला र २४२ जना पुरुष छन । काठमाडौंमा २७३, ललितपुरमा ५२ र भक्तपुरमा २२ जनामा कोरोन पुष्टि भएको छ ।


कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रदेश १ मा ४१, प्रदेश २ मा ३, वागमती प्रदेशमा ४४२, गण्डकी प्रदेशमा २७, लुम्बिनीमा १३२ , कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा ५५ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *