राजनीति

नारायणकाजी श्रेष्ठले भने, संसद् पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहन्छ

काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध नेकपाको विरोध सभा काठमाडौंमा सुरु भएको छ । विरोध सभामा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म संघर्ष जारी रहने बताए । ‘जतिबेलासम्म प्रतिनिधिसभा पुनःस्थापना हुँदैन त्यत्तिबेलासम्म हाम्रो संघर्ष जारी रहन्छ,’ श्रेष्ठले भने, ‘त्यसलाई शान्तिपूर्ण ढंगले सफल षर्न अनुरोध गर्दछु ।’

उनले सडक आन्दोलनबाटै ओलीको असंवैधानिक कदमलाई परास्त गर्ने पनि बताए । संसद् पुनःस्थापना नभएसम्म सडक आन्दोलन जारी रहने उनले घोषणा गरे ।

सभामा अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायत शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *