राजनीति

अध्यादेश फिर्ता गर्न ओलीको आनाकानी

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले आनाकानी गरेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा ओलीले अध्यादेश फिर्ता लिनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बताएको खुलेको छ ।

अहिले बस्ने मन्त्रिपरिषदको बैठकबाट अध्यादेश फिर्ता लिनका लागि प्रचण्डले कडा दबाब दिएका छन्। प्रधानमन्त्री ओलीसँग भेटका क्रममा भएको कुराकानीको ब्रिफिङ उनले माधवकुमार नेपाललगायतका नेतासँग खुमलटारमा गरेको बताइएको छ ।

संवैधानिक परिषदको बैठक बोलाएको भए पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानन्यायधीश नजाने भएपछि बैठक स्थगित भएको थियो । सभामुख अग्नी सापकोटालाई भने खबर नै नगरिएको बताइएको छ । सभामुखलाई नबोलाइएको थाह पाएपछि प्रचण्ड कुदेर वालुवाटार पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *