राजनीति

ओलीको अनुपस्थितिमा नेकपाको स्थायी कमिटीको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बसेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको एक्लाएक्लै भेटवार्ता सकिएलगत्तै बैठक सुरू भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने– ‘बैठकको एजेण्डामा सहमति नभएपछि प्रधानमन्त्री ओली सहभागी भएनन । ‘प्रचण्डसँगको छलफलमा आफूले प्रस्तुत गरेको १९ पृष्टको प्रस्तावका विषयमा छलफल हुने भनेपछि त्यसमा प्रधानमन्त्री सहभागी हुने कुरै भएन,’ थापाले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *