काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यायदेश राष्ट्रपति कार्यालयमा पु-याएका छन् । संवैधानिक परिषद् संशोधन अध्यायदेशबाट उत्पन्न हुने परिस्थितिलाई सामना गर्न उनले पार्टी विभाजन सजिलो बनाउने अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा लगेर छाडेको नेकपा स्रोतले बतायो ।
यदि दल विभाजनसम्बन्धी अध्यायदेश आयो भने नेकपालाई कसरी अगाडि बढाउने भन्ने विषयमा यतिबेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् । नेकपाले भोलि स्थायी कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा कसरी प्रतिवाद गर्ने भन्ने विषयमा खुमलटारमा छलफल भइरहेको एक सचिवालय सदस्यले बताए ।
नेकपाको विवाद चर्किएको बेलामा सरकारले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ । यसको प्रचण्डसहितका नेताले नै विरोध गरेका छन् ।




