राजनीति

साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक सभापति देउवाले बहिष्कार गर्ने

काठमाडौं । आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहिष्कार गर्ने भएका छन् । सहमतिको वातावरण बिथोलेको भन्दै देउवाले आगामी बैठक बहिस्कार गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा देउवा सहभागी भएका थिए । बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो ।

मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *