काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न तथा फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो । समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि उपस्थित थिए । उनले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताएका छन ।
दरबन्दी थप गर्नका लागि गृह मन्त्रालयले पठाएको ‘ओएनएम’ ३ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय भएकाे थियाे ।
एआइजी पदमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिससमेत भइसकेको छ । मंसिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई सिफारिस गरेको थियो ।




