शिक्षा / स्वास्थ्य

पछिल्लो २४ घण्टामा १३८२ जना संक्रमित थपिए, १६२१ निको भए

काठमाडौं । २४ घण्टामा १३८२ जना कोरोना संक्रमित थपिएका छन । ८ हजार ९४७ जनाको पीसीआर परिक्षण गर्दा १३८२ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ८३६ पुरुष र ५४६ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.५ प्रतिशत महिला र ६६.५ प्रतिशत पुरुष संक्रमित भएका छन ।
गत २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १६३७ पुगेको छ । ३५४ जना आसीयुमा र ५८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

म‌ंगलवार १६२१ जना संक्रमित कोरोनामुक्त भएका छन । हालसम्म २ लाख २९ हजार ५४ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९४.१ प्रतिशत छ । मुलुकभर १२ हजार ६८६ जना सक्रिय सक्रमितमध्ये ८०४७ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ५२३ जना छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ललितपुर र कास्की जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मनाङ र डोल्पामात्र छन ।

उपत्यकामा कति संक्रमित थपिए ?
सोमवार काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये २६३ जना महिला र ३३१ जना पुरुष छन । काठमाडौंमा ४१२, ललितपुरमा ११३ र भक्तपुरमा ६९ जनामा कोरोन पुष्टि भएको छ ।

कुन प्रदेशमा कति सं थपिए ?
प्रदेश १ मा १३८, प्रदेश २ मा २५, वागमती प्रदेशमा ७३१, गण्डकी प्रदेशमा १६२, लुम्बिनीमा १५८ , कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा ११५ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *