रिबन

सर्वदलीय बैठक किन बीचमै छाडे देउवाले ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । बैठक सुुरु हुनेवित्तिकै प्रधानमन्त्रीले सर्बैलाई स्वागत गर्दै बैठकको उद्देश्यबारे प्रकाश पारेका थिए ।
उनले देशमा कोरोना भाइरसको महामारी र रोकथाम, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा पछिल्लो समय देशभर राजतन्त्रका समर्थकको आन्दोलन र प्रदर्शनलाई लिएर चिन्ता जाहेर गरेका थिए ।

साढे ११ बजेदेखि सुरु भएको बैठक एक घन्टा नपुग्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीचमै छाडेका छन् । उनी बैठक छाडेर बुढानिलकण्ठस्थित निवासतिर लागेका छन् ।
बैठक बीचमै छाड्नुको कारण खुल्न सकेको छैन । उनले सञ्चारकर्मीलाई पनि कुनै प्रतिक्रिया दिएनन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।

बैठकमा सत्तारुढ नेकपाबाट अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधबकुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी छन् ।

संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादब सहभागी छन् । तर, बैठकमा राप्रपाबाट कसैलाई पनि बोलाइएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *