राजनीति

प्रधानमन्त्री ओलीले पठाएको पत्र यस्तो छ(पत्रसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको अर्को बैठक २८ गते बस्ने गरी स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल गर्न बसेको बैठक आज पुनः स्थगित भएको हो । पुष ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, पत्र जुहारी वितरण गरिएको थियो । त्यसलाई अध्ययन गर्नको लागि बैठक २८ गतेसम्मलाई स्थगित गरिएको हो । आजको बैठकमा जम्मा ४५ सदस्य उपस्थित थिए । नेकपाको ४४ जना स्थायी समिति सदस्य र पाँच जना आमन्त्रित समेत गरी ४९ जना सदस्य छन् । आइतबारको बैठकमा ४५ जना उपस्थित थिए ।

तर आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसकेको कारण पत्रमार्फत् जानकारी गराए । ओलीले एक पत्र पठाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने जानकारी गराएका हुन् । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *