एजेन्सी । पछिल्लो २४ घन्टामा विश्वभर ११ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ११ हजार ७ सय ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख ९१ हजार ४३२ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा १४ लाख ८८ हजार १ सय २० जनाको ज्यान गएको छ । विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ३९ लाख ६५ हजार ९२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९ हजार ३ सय जनाको परीक्षण गरिएकोमा १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।




