कोरोना अपडेट

पछिल्लो २४ घन्टामा १३ सय ४३ जनामा कोरोना पुष्टि, १३ जना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९ हजार ३ सय जनाकाे परीक्षण गरिएकाेमा १ हजार ३ सय ४३ जनामा काेराेना पुष्टि भएकाे हाे ।

त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।
नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,३७,५०० नाघेको छ। पछिल्लो २४ घण्टामा २१११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ। अहिले नेपालभरि १५,७६६ जनामा सक्रिय सङ्क्रमण छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *