काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच शितल निवासमा भेटवार्ता भएको छ। पार्टीको आन्तरिक विवाद गम्भिर मोडमा पुगेका बेला भएको राष्ट्रपति र प्रधानमन्त्रीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
बुधबार भएको पार्टीको सचिवालय बैठकमा ओली अनुपस्थित भएपछि २० गते बस्ने गरी स्थिगित भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीलाई २० गतेको बैठकमा अनिवार्य उपस्थितिका लागि पार्टी पंतिबाट दवाव आएको छ। यद्यपी ओलीले अहिलेसम्म जवाफ दिएका छैनन्।




