काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य मन्त्रालयकमे नियमित मिडिया ब्रिफ्रिङको क्रममा प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको छ। पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५६७ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १८ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।




