रिबन

भ्रष्टाचार आरोपमा एसपीद्वय बस्नेत र यादव निलम्बित

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन अधिकृतलाई निलम्बन गरेको छ । निलम्बित हुनेमा दुई एसपी र एक इन्सपेक्टर छन् ।

ट्राफिक कार्यालयमा रहँदा आर्थिक अनियमितता गरेको आरोपमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बुधबार निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरू निलम्बित भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । अब उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाउँदै निलम्बन गर्न एक साताअघि गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *