काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस भएसंगै पाेखरेल भावी आईजीपीका एकल दावेदार बनेका छन ।
गृह मन्त्रालयमा सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गरिएको एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी शैलेश थापा क्षेत्री सदस्य सचिव रहने व्यवस्था छ ।





