कोरोना अपडेट

पछिल्लो २४ घन्टामा विश्वभर ८ हजार ९ सय ८५ जना कोरोना संक्रमितकाे मृत्यु

एजेन्सी । पछिल्लो २४ घन्टामा विश्वभर ८ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ८ हजार ९८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो दर अघिल्लो दिनको तुलाना निकै कम हो । शनिबार बिहानसम्ममा गरिएको अपडेट अनुसार पछिल्लो २४ घन्टामा १३ हजार बढीको संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख ६४ हजार ८१३ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा १४ लाख ४८ हजार ८ सय ९६ जनाको ज्यान गएको छ ।

विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १२ हजार ५९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४०४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ९०९ सक्रिय सङ्क्रमित  रहेका छन् ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *