राजनीति

राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शितल निवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । सातामा दुई पटक राष्ट्रपतिलाई भेटघाट गरिरहेका प्रधानमन्त्री ओली आज पनि राष्ट्रपति कार्यालय पुगेका हुन् ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । नेकपा सचिवालय बैठक १३ गते बस्दैछ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।

याे पनि हेर्नहाेस,

https://sankalpakhabar.com/2020/11/23/91716/

सत्तारुढ दलको विवाद समाधानका लागि राष्ट्रपति भण्डारीले सक्रियता देखाउँदै आएकी छन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम रामबहादुर थापा, वर्षमान पुन लगायत नेकपाका नेताहरुलाई बोलाएर पार्टीको विवाद समाधान गर्न आग्रह गरेकी थिइन् ।

याे पनि हेर्नहाेस,

https://sankalpakhabar.com/2020/11/24/91956/

अध्यक्ष प्रचण्डले गत कात्तिक २७ गते बसेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेसँगै चर्किएको नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री अ‍ोलीले प्रचण्डले आफूमाथि तथ्यहिन आरोप लगाएको भन्दै खण्डन स्वरुप १३ गतेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । त्यसअघि उनले राष्ट्रपति भण्डारीलाई भेट गरी आफ्नो धारणा राखेको स्रोतको दावी छ । ‘प्रधानमन्त्रीले केही आफ्ना धारणा राख्नु भएको छ, सरकार र पार्टी दुवै सञ्चालनको विषयमा जानकारी गराउनु भयो’, राष्ट्रपति निकट स्रोतले भन्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *